Logo
Logo

यस्तो रहनेछ आजको मौसम


945
Shares

काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तै, राति देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने र प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको र पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्