Logo
Logo

लिम्चुङबुङ ट्रेल रेसको उपाधि गोपाल र छेन्बिमायालाई


9k
Shares

उदयपुर । लिम्चुङबुङ तेस्रो ट्रेल रेसको उपाधि रामेछापका गोपाल तामाङ र भोजपुरकी छेन्बिमाया राईले जितेका छन् । तामाङले पुरुषतर्फको र राईले महिलातर्फको उपाधि जितेका हुन् ।

तामाङले १५ किलोमिटरको दूरी १ घण्टा १७ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । खोटाङका देवराज बस्नेत तीन मिनेटले पछि पर्दै दोस्रो भए । उनले १ घण्टा २० मिनेटमा ट्रेल पूरा गरे । भोजपुरका उमेश राईले १ घण्टा २४ मिनेटमा दौड पूरा गर्दै तेस्रो भए ।

महिलातर्फ प्रथम भएकी छेन्बिमायाले १ घण्टा ५२ मिनेटमा ट्रेल पूरा गरिन् । उदयपुरकी मनिशा राईले १ घण्टा ५९ मिनेट लगाउँदै दोस्रो बनिन् । त्यस्तै तेस्रो भएकी उदयपुरकी रमिला राईले २ घण्टा २ मिनेटमा दौड पूरा गरिन् ।

प्रतियोगितामा ७४ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । आयोजक एवं अल्ट्रा रेस धावक गिरिराम राईका अनुसार प्रतियोगितामा सोलुखुम्बु, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, मोरङ, झापाका खेलाडिहरु सहभागि भएका थिए । ‘लिम्चुङ्बुङ खेलकुद बिकाश समिति’ले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

दौड विजेता पुरुष तथा महिलाले नगद २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे । यस्ता प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने युवा नेता जितेन राईले बताए ।

प्रतिक्रिया दिनुहोस्