Logo
Logo

झापाका १३ विद्यालयमा संरचना निर्माण


252
Shares

झापा । नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ ।

समाजले कचनकवल गाउँपालिकाका ९ र झापा गाउँपालिकाका ४ वटा सामुदायिक विद्यालयमा रु. एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको हो । ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा संरचना निर्माण गरिएको समाजकी अध्यक्ष प्रेमाकुमारी भट्टराईले जानकारी दिइन् । कचनकवल–५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुईकोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानीको धारा जडान गरिएको छ ।

कचनकवल–४ को महेन्द्ररत्न मावि, कचनकवल–२ को लक्ष्मीप्रसाद देवकोटा मावि, कचनकवल–१ को बुद्ध मावि, कचनकवल–७ को जानकी मावि, जनता मावि र शिव मावि तथा कचनकवल–३ को सरस्वती आधारभूत विद्यालयमा शौचालय, खानेपानीको धारा जडान र मर्मत गरिएको छ । कचनकवलका विद्यालयको संरचना निर्माणमा रु. एक करोड ३५ लाख खर्च भएको अध्यक्ष भट्टराईले बताइन् ।

झापा गाउँपालिकाको रु. १० लाख र गुड नेभर्स इन्टरनेशनल नेपालको रु. ५५ लाखको लागतमा झापा–२ स्थित कुवाडीदेवी माविमा दुईकोठे पक्की भवन, शौचालय र खानेपानीको धारा जडान, ५ नं. वडाको महेन्द्र माविमा शौचालय, खानेपानीको धारा जडान तथा वडा नं. ३ को सिमलबाडी आधारभूत विद्यालय र वडा नं. १ को सरस्वती आधारभूत विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ । ती संरचना निर्माणपछि समाजले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्