Logo
Logo

एमालेबाट वीरगन्जको मेयरमा सरावगी सिफारिस


6.2k
Shares

काठमाडौं । नेकपा एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयरका लागि विजय सरावगीको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।

अहिले पनि वीरगन्जका मेयर रहेका सरावगीलाई वैशाख ३० गते हुने चुनावका लागि एमाले नगर कमिटीले बुधबार सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

संघीय समाजवादी पार्टीबाट २०७४ मा मेयर चुनाव जितेका सरावगी गत फागुनमा एमाले प्रवेश गरेका थिए । उनलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली वीरगन्ज पुगेका थिए ।

उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ । लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको कुरा भइरहेकाले उपमेयरको उम्मेदवार सिफारिस हुन ढिलाइ भएको सरावगीले बताए ।

प्रतिक्रिया दिनुहोस्