Logo
Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत बलात्कार आरोपमा पक्राउ


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, १० असार ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत बलात्कार आरोपमा पक्राउ परेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–८ का अधिकृत जीवन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको हो ।


दुई युवतीमाथि सामूहिक बलात्कारको घटनामा उनी पक्रा परेका हुन् ।
प्रहरीका अनुसार दुई यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए ।
गुहार माग्दै गएकी युवतीलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए । “युवतीहरुले भनेअनुसार घटनामा धेरैजना संलग्न छन् तर प्रहरीले एकजनालाई मात्रै समातेको छ । अरु व्यक्तिलाई पनि पक्राउ गरेर कारवाही गर्नुपर्छ”, उनले भने, “युवतीहरुले न्याय पाउनुपर्छ ।” सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्