काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० कायम भएको छ ।
हिजो बुधवार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य तीन हजार ६५५ कायम थियो ।

















