Logo
Logo

गठबन्धनले कसैलाई घाटा हुँदैन : कांग्रेस प्रवक्ता


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं निर्वाचन प्रचार समितिका संयोजक डा. प्रकाशशरण महतले चुनावी तालमेलबाट कसैलाई घाटा नहुने बताएका छन् । प्रचार समितिले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले राष्ट्रिय आवश्यकताकै आधारमा सत्तारुढ दलबीच चुनावी तालमेल हुन लागेको बताउँदै भने, ‘सबै ठाउँमा हामीले पाउनेगरी त गठबन्धन हुँदैन नि । गठबन्धन भनेकै लेनदेन हो । कतै हामीले नेतृत्व लिनुपर्छ, कतै छाड्नुपर्छ ।’ उनले गठबन्धनका कारण कांग्रेसलाई घाटा नहुने पनि बताए ।

उनले भने, ‘गठबन्धनले कसैलाई घाटा हुँदैन । गठबन्धन गर्ने दुवै पक्षलाई फाइदा हुन्छ । कांग्रेसले पनि अघिल्लो निर्वाचनभन्दा शक्ति बढाउने अवसर पाउँछ ।’ कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार आवश्यक रहेको उनको भनाइ छ ।

‘कांग्रेस एमालेजस्तो गफ मात्रै गर्ने पार्टी होइन, काम गर्ने पार्टी हो । हामीले गरेका काम जनताले थाहा पाउने गर्न निर्वाचन प्रचार अगाडि बढाउनुपर्छ’, महतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्