Logo
Logo

नगद नै बोकेर आउन पर्यटकलाई अध्यागमनको अनुरोध


1.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ ।

विद्युतीय भुक्तानी प्रक्रियामा समस्या देखिएकाले अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो भनेको हो ।
विमानस्थलमा आएका पर्यटकले अनअराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्नेछ । तर, पछिल्लो समय पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार गर्ने गरेका छन् ।

विमानस्थलको प्रणालीले काम नगर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले जनाएको छ । सोही कारण पर्यटकलाई २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा बोक्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्