Logo
Logo

निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : गगन थापा


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीइ तह निर्वाचनका लागि अबको एक/दुई दिनभित्रमा जहाँ÷जहाँ तालमेलको सम्भावना छ त्यहाँ मात्रै तालमेल हुने बताएका छन् ।

बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताए ।

‘अबको एकरदुई दिनभित्रमा जहाँ(जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’

निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्