काठमाडौं । मेगा बैंक नेपालको कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।
नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औँ बैठकले २०७९ वैशाख २ गतेदेखि लागू हुनेगरी बैंकको कामु सिइओमा नियुक्त गरेको हो ।

३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन् ।
चार वर्षअघि मेगा बैंक नेपालको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएकाले बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।












