Logo
Logo

वीरगन्ज महानगरसहित तीन उपमहानगरमा जसपाको दाबी


6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वीरगन्ज महानगरपालिकासहित तीन उपमहानगरपालिकामा मेयर दाबी गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा जसपा यस्तो दाबी गरेको हो ।

वीरगन्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जसपाको दाबी गरेको हो ।

विराटनगर महानगरपालिकामा समेत आफ्नो शक्ति बलियो रहेको दाबी गर्दै आएको जसपाले वीरगन्ज महानगरपालिकासहित जनकपुरधाम र नेपालगञ्ज उपमहानगर जसरी पनि पाउनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्