Logo
Logo

क्रिस्टललाई हराउँदै चेल्सी एफए कपको फाइनलमा


693
Shares

एजेन्सी । चेल्सी एफए कपको फाइनलमा पुगेको छ । आइतवार राति सम्पन्न दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा स्थान पक्का गरेको चेल्सी अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३–२ ले पराजित गरेको थियो । वेम्बली स्टेडियममा भएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । रुबेन लेफ्टस चिकले ६५ औं मिनेटमा चेल्सीका लागि पहिलो गोल गरेका थिए । ७६ औं मिनेटमा मासन माउन्टले गोल थपे ।

प्रतिक्रिया दिनुहोस्