Logo
Logo
सत्तारुढ गठबन्धनको बैठक

कांग्रेसले चार महानगर दाबी गरेपछि जुटेन सहमति


16.9k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटबारे आजको छलफलमा पनि सहमति जुट्न सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न गठबन्धनको बैठकमा दलहरुले अडान यथावत राखेपछि सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो । बैठकमा नेकपा माओपादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ वटा महानगरमध्ये कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक दिएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी (जसपा)लाई वीरगञ्ज महानगर दिनुपर्ने प्रचण्डको प्रस्ताव थियो । तर, नेपाली कांग्रेसले प्रचण्डको प्रस्ताव अस्वीकार गरेपछि आज पनि गठबन्धनमा सहमति जुट्न नसकेको हो ।

बैठकपछि माओवादीका एक नेताले भने- ‘अध्यक्ष प्रचण्डको प्रस्तावमा अन्य दलका साथीहरु पनि आधारभूत रुपमा सहमत हुनुहुन्थ्यो । तर, नेपाली कांग्रेसले नमानेका कारण सहमति जुट्न नसकेको हो । कांग्रेसले कम्तिमा पनि चार वटा महानगर आफूले पाउनुपर्ने दाबी गरेको छ । त्यो सम्भव छैन ।’

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरा महानगर पनि दाबी गरेको हो । अघिल्लो निर्वाचनमा आफ्नो पार्टीले जितेका भएकाले यसपटक पनि आफूले नै पाउनुपर्ने कांग्रेसको अडान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्