Logo
Logo

आजदेखि देशभर भिटामिन ‘ए’ खुवाइँदै


630
Shares

काठमाडौं । आज र भोलि देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका अनुसार देशभरका ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ कार्यक्रमका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयमसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । देशभर भिटामिन ‘ए’ क्याप्सुल ४० लाख र जुकाको औषधि अल्वेन्डाजोल ३५ लाख ट्याब्लेट सम्बन्धित केन्द्रमा पुर्याइसकिएको मन्त्रालयले जनाएको छ । नेपामला भिटामिन ‘ए’ क्याप्सुल खाने २७ लाख जना र जुकाको औषधि खाने २४ लाख जना छन् ।

त्यसका लागि करिब ६ करोड ७१ लाख २५ हजार रुपैयाँ खर्च पूर्वानुमान गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो । त्यस्तै, जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्