Logo
Logo

तनहुँ फुटबल संघमा २५ वर्षपछि नेतृत्व परिवर्तन


441
Shares

तनहुँ । तनहुँ जिल्ला फुटबल संघको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् । पालिखे ६ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाएका थिए ।

अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो । २५ औँ वर्षसम्म एउटै व्यक्तिको नेतृत्वमा रहेको उक्त संस्थामा मतदान प्रक्रियाबाट नयाँ नेतृत्व स्थापित भएको हो । अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताए । समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र भिजन श्रेष्ठ तथा महिला सदस्यमा सविता भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्त, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ, कुमार श्रेष्ठ चयन भएका निर्वाचन समितिका सदस्य चन्द्रकान्त वाग्लेले बताए । नवनिर्वाचित अध्यक्ष पालिखेलाई निवर्तमान अध्यक्ष रत्नकुमार श्रेष्ठले माइन्युट हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचित समितिका पदाधिकारीलाई खादा र माला लगाई सफल कार्यकालको शुभकामना दिइएको थियो । निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल २५ औँ वर्षसम्म रहेको भन्दै केक काटेर एन्फाका पदाधिकारीलाई आगामी कार्यकालका लागि अगाडि बढ्न शुभकामना दिए । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसंघका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठीले उद्घाटन गरेका थिए । उनले नेपालका कुना कन्दरामा पनि फुटबलका राम्रा खेलाडी रहे पनि राज्यले पहिचान गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्