Logo
Logo

भरतमोहनको मार्ग पछ्याउँदै एकीकृत समाजवादी, घोषणापत्रमा ‘आफ्नो गाउँ आफैं बनाउँ’ अभियान


41k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचित लक्षित घोषणापत्र सार्वजनिक गर्दै भरतमोहन अधिकारी अर्थमन्त्र रहेको बेला अघि सारिएको बहुचर्चित कार्यक्रम ‘आफ्नो गाउँ आफैं बनाउँ’ अभियानलाई निरन्तरता दिएको छ ।

मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा बनेको पहिलो कम्युनिस्ट सरकारले अगाडि सारेको कार्यक्रम नेपालको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम रहेको भन्दै एकीकृत समाजवादीले ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रम अघि सारेको हो ।

तत्कालीन सरकारको नीति तथा कार्यक्रमको मूल मस्यौदा तत्कालीन उपप्रधानमन्त्री तथा हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तयार पारेको दाबी गर्दै एकीकृत समाजवादीले ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमको अपनत्व ग्रहण गर्ने प्रयत्न गरेको हो ।

एकीकृत समाजवादीले उक्त कार्यक्रमको जगमै हाल स्थानीय सरकारहरुमा उल्लेख्य मात्राको बजेट जाने गरेको समेत दाबी गरेको छ ।

तत्कालील समायमा सरकारका अर्थमन्त्रीले अति सीमित साधन–स्रोतका बीचमा पनि कुशलतापूर्वक बजेट निर्माण गर्ने काम गरेको भन्दै एकीकृत समाजवादीले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको योगदानको स्मरण गरेको छ ।

एकीकृत समाजवादीले घोषणपत्रमार्फत ‘नौ स अभियान’लाई पनि निरन्तरता दिएको छ । भरतमोहन अधिकारी अर्थमन्त्री रहेको सरकारले प्रारम्भ गरेको अभियानका रुपमा एकीकृत समाजवादीले ‘नौ स अभियान’ अघि बढाएको हो ।

एकीकृत समाजवादीले ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रम नेपाली अर्थतन्त्रमा विजारोपण गरिएको पहिलो समाजवाद उन्मुख कार्यक्रम रहेको समेत दाबी गरेको छ । सोही अभियानका कारण अहिले गाउँगाउँमा सडक लगायत भौतिक पूर्वाधार निर्माणको लहर चलेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्