काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह लक्षित घोषणापत्र मार्फत स्वास्थ उपचारलाई पहिलो प्राथमिकतामा राखेको छ । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा जनतालाई स्वास्थ्य उपचार उपलब्ध गराउनु सरकारको मुख्य भएको भन्दै स्वास्थ उपचारलाई बजेटको एक नम्बर प्राथमिकतामा राखेको छ ।

जटिल खालका शल्यक्रियाहरू बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने पार्टीको घोषणापत्र मार्फत जनाएको छ । ‘मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया बाहेकका उपचारह? स्थानीय अस्पतालबाट निशुल्क रूपमा उपलब्ध गराइने छ । स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने छ । यसका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन र साधन–स्रोतको वितरणमा संघ र प्रदेश सरकारह?लाई परिचालन गरिने छ,’ घोषणापत्रमा उल्लेख छ ।
आयुर्वेदिक, एलोपैथिक, होमियोपैथिक, युनानीलगायत स्वास्थ्य उपचारका सबै विधाहरूलाई संस्थागत गर्ने एकीकृत समाजवादीको प्रतिवद्धता छ । त्यस्तै हिमाली क्षेत्रमा आम्ची उपचार विधिलाईसंस्थागत गर्ने पार्टीले जनाएको छ ।
विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न आफ्ना प्रतिनिधि भएको पालिकामा विशेष आकर्षक प्याकेजको व्यवस्था गर्ने एकीकृत समाजवादीको भनाइ छ । यसबाट दूर–दराजका जनताले पनि घर–आगनमै विशेष स्वास्थ्य उपचार पाउने र स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिने घोषणापत्रमा उल्लेख छ ।














