काठमाडौं । एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ ।

मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निःशुल्क दिने उल्लेख छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने एकीकृत समाजवादीले जनाएको छ।
घोषणापत्रमा भनिएको छ- ‘स्थानीय सरकारमार्फत्हरेक घर-परिवारलाई मासिकरुपमा २०० युनिट सम्म विद्युत महसुलमा छुट दिइने छ । यसका लागि संघीय र प्रदेशतहका सरकारबाट आवश्यक व्यवस्था गरिने छ ।’














