Logo
Logo

एकीकृत समाजवादीको घोषणापत्र- निशुल्क खाने पानी, सुखी जिन्दगानी


1.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीयत तह निर्वाचिन लक्षित घोषणापत्र सार्वजनिक गर्दै ‘निशुल्क खाने पानी, सुखी जिन्दगानी’ नारा अघि सारेको छ ।

उक्त कार्यक्तम अन्र्तगत एकीकृत समाजवादीले खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दसहजार लिटर पानी निशुल्क रुपमा उपलब्ध गराइने गराउने भनेको छ । त्यस्तै खाने पानी नपुगेका स्थानमा खाने पानीको सुविधा पुर्याउने प्रतिवद्धता जनाएको छ ।

खाने पानीसम्बन्धी एकीकृत समाजवादीको घोषणापत्र-
निशुल्क खाने पानी, सुखी जिन्दगानी
हावा पछि पानी नै जीवन हो । यस तथ्यलाई मनन गरी खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दसहजार लिटर पानी निशुल्क रुपमा उपलब्ध गराइने छ भने खाने पानी नपुगेका स्थानमा खाने पानीको सुविधा पुर्याइने छ । यस हिसाबले हरेक घर–परिवारमा खाने पानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने छ । सोही अनुसार बजेटको प्राथमिकता निर्धारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्