Logo
Logo

जातिय छुवाछुतविरुद्ध एकीकृत समाजवादीले सामूहिक चियापान गर्ने


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह लक्षित घोषणापत्र सार्वजनिक गर्दै जातिय छुवाछुतविरुद्ध तीन बुँदे माग अघि सारेको छ ।

आफ्नो पार्टीले जित्ने स्थानीय तहमा छुवाछुत तथा अन्य विभेदजन्य कार्यमा संलग्नलाई कडा कारवाही गर्ने प्रतिवद्धता जनाएको एकीकृत समाजवादीले जातिय विभेदविरुद्ध भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गर्ने तथा समूहिक चियापान कार्यक्रम आयोजना गर्ने भनेको छ ।

जातिय छुवाछुतरिुद्ध एकीकृत समाजवादीको घोषणापत्र

जातीय छुवाछुत मेटाउँ, मानव मर्यादा कायम गरौंः
हाम्रा जनप्रतिनिधिकको वर्चस्व भएका पालिकाहरुले जातीय छुवाछुतको भावना मेटाउनका लागि निम्नलिखित काम गर्ने छन् भने हाम्रो अल्पमत उपस्थित भएका स्थानमा यिनै विषयलाई जनताको मागको रुपमा अगाडि बढाइने छ–

(१) छुवाछुतको भावना राखी मानिसले मानिसलाई हेप्ने, अपमानित गर्ने कुरा हटाउनका लागि पालिकाहरुले ठोस योजना बनाउने छन् । मानिसलाई बोक्सो वा बोक्सी भन्ने आरोप लगाएर अपमानित गर्नेलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिलाउन हाम्रा जनप्रतिनिधि अग्रभागमा खटिने छन् ।

उत्पीडित जातमा पारिएको समूहमा रहेका विविध क्षेत्रमा दक्षता राख्ने प्रतिभाशाली मानिसहरुलाई प्रोत्साहित र पुरस्कृत गर्ने अभियानका साथै सम्बन्धित भूगोलमा मनाइने विशेष चाडपर्वहरुमा सामूहिक चियापान कार्यक्रमको आयोजना गरिने छ ।

(२) दलित र गैर–दलितका बीचमा विवाह गर्ने जोडीलाई समाजमा स्थापित हुन र आफ्नै ठाउँमा सुरक्षित तरिकाले जिविकोपार्जन गर्न सक्ने बनाउनका लागि हाम्रो पार्टीको वर्चस्व भएका पालिकाहरुले विशेष योजना बनाउने छन् ।

(३) जातीय छुवाछुत मेटाउनका लागि ठोस योगदान गर्नेहरुलाई हाम्रो वर्चस्व रहेका पालिकाहरुले विशेष योजनाका साथ सम्मानित गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्