प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु एक्लाएक्लै निर्वाचन लड्ने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने उल्लेख छ ।

विज्ञप्तिमा कांग्रेस नेता अमरबहादुर रेस्मी र दामु विक, राजमोका टंकप्रसाद पाण्डे र कृष्णप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका द्रोण प्रसाद पाण्डे र भिमेस कुमार घर्तीमगर, नेकपा एकीकृत समाजवादीका प्रेम जीसी तथा जनता समाजवादी पार्टीका दामोदर गिरी र माधव जीसीले हस्ताक्षर गरेका छन् । तालमेल गर्ने सहमति नभएपछि एक्लाएक्लै निर्वाचन लड्ने निर्णयमा दलहरु पुगेका हुन् ।














