Logo
Logo

यस्तो रहनेछ आजको मौसम


756
Shares

काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहेको छ ।

आज बिहान प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । यस्तै, देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।

प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैबीच, देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

देशको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्