Logo
Logo

तातो कुँडोमा डुबेर बालिकाको मृत्यु


504
Shares

तनहुँ । तनहुँमा तातो कुँडो (खोले) मा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।

गाईबस्तुलाई पकाइएको तातो कुँडोमा डुबेर भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया बालिका आरोही घर्तीको मृत्यु भएको हो । तातो कुँडोमा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काका अनुसार उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्