Logo
Logo

एक जना महिलाको मृत्यु


693
Shares

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० भञ्ज्याङकी एक जना महिलाको मृत्यु भएको छ । मेलम्ची–१० की ५२ वर्षीया पम्फा कार्कीको मृत्यु भएको हो । उनको चट्याङ लागेर मृत्यु भएको आशंका गरिएको छ ।

कार्कीको खेतबाट घर जाने क्रममा हिजो बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । अहिले इलाका प्रहरी कार्यालय मेलम्चीको टोली घटनास्थलमा पुगेको छ । स्थानीयवासीले चट्याङबाट मृत्यु भएको आशंका गरे पनि घटना हेर्दा चट्याङ लागेको नदेखिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले बताए । भण्डारीका अनुसार “टाउकोमा चोट रहेको, चट्याङबाट आत्तिएर लड्दा टाउको बजारिएको देखिन्छ ।”

बिहानै डेरीमा दूध लिएर आउने स्थानीयासीले देखेपछि घटनाका बारेमा थाहा भएको थियो । त्यसपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको र शव परीक्षणका लागि मेलम्ची लगिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्