Logo
Logo

बर्नलीसँग साउथ ह्याम्पटन पराजित


441
Shares

एजेन्सी । इङ्गिलस प्रिमियर लिग (ईपीएल) फुटबलमा बर्नलीले साउथ ह्याम्पटनलाई पराजित गरेको छ ।

आज बिहान घरेलु मैदान टर्फ मुरमा सम्पन्न खेलमा बर्नलीले साउथ ह्याम्पटनलाई २–० गोलले हराएको हो । बर्नलीले दुवै गोल पहिलो हाफमा गरेको थियो । बर्नलीका कोनर रोबर्टसले खेलको १२ औँ र नाथन कोलिन्सले ४४ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै बर्नलीको ३२ खेलमा २८ अंक छ भने अंक तालिका १८ औँ छ । त्यस्तै, हार व्यहोरेको साउथ ह्याम्पटन ३३ खेलमा ३९ अंकसहित १३ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्