Logo
Logo

बर्दियामा मृतावस्थामा भेटिए एक युवक


1.1k
Shares

बुटवल । बर्दियामा एक युवकको शव भेटिएको छ ।

जिल्लाको राजपुर नगरपालिका–६ बिक्रमपुरका २६ वर्षीय गोपाल थारुको शव भेटिएको हो । राजपुर नगरपालिका ५ को कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीवार गोपाल मृत भेटिएका हुन् ।

बुधवार बेलुकी घर नफर्किएका उनको खोजी गर्ने क्रममा कुलोको पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्