Logo
Logo

भरतपुरका मेयर रेनु दाहालद्वारा राजीनामा


3.3k
Shares

चितवन । भरतपुर महानगरको मेयर रेनु दाहालले पदबाट राजीनामा दिएका छन् । भरतपुर महानगको मेयरमा उम्मेदवारी दिन उनले पदबाट राजीनामा दिएका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्