Logo
Logo

फिलिपिन्समा दुई ट्रेनिङ विमान ठोक्किए, चार पाइलटको मृत्यु


0
Shares

काठमाडौं । फिलिपिन्समा शुक्रवार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन् । यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ । दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३स्५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो । दुवै ‘एसएफ-२६०’ विमान कम उचाइमा उडिरहेका थिए । एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको थियो ।

The current image has no alternative text. The file name is: filipin.jpg

फिलिपिन्सको वायुसेनाले एसएफ-२६० विमानहरूको उडानमा रोक लगाएको छ ।यस वर्ष हावामै विमानहरू ठोक्किएको यो विश्वकै पाँचौँ ठूलो दुर्घटना हो ।

एसएफ-२६० इटालीमा बनेका ट्रेनिङ विमान हुन् । फिलिपिन्सले सन् २०१०/११ को अवधिमा यस्ता १८ वटा विमान इटालीको कम्पनीसँग किनेको थियो । यिनको प्रयोग वायुसेनाका पाइलटहरूलाई उडानको तालिम दिनका लागि गरिन्छ ।

फिलिपिन्सको सेनाले लामो समयदेखि आफ्ना सैन्य सरसामानलाई आधुनिकीकरण गर्ने प्रयास गरिरहेको छ, तर यसका लागि आवश्यक बजेट जुटाउनु चुनौतीपूर्ण बन्दै आएको छ । देशले वायुसेनाका विमानका साथै नौसेना र थलसेनाको क्षमता पनि बढाउनु पर्नेछ ।

दक्षिण चीन सागरमा चीनसँग बढ्दो क्षेत्रीय तनावका बीच यो आवश्यकता अझ महत्त्वपूर्ण बनेको छ । सैन्य आधुनिकीकरणका कैयौँ योजनाहरूमा बजेटको अभाव र तिनलाई पूरा गर्न भइरहेको ढिलाइजस्ता समस्याहरू पनि अगाडि आएका छन् ।

प्रतिक्रिया दिनुहोस्