काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म झण्डै ६१ हजार उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन अयोगको अनुसार सात बजेसम्म ६० हजार ९५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी मनोनयन दर्ता भइरहेको छ । आयोगले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तर आयोगले तोकेको समयभन्दा ढिलो गरी पनि मनोनयन दर्ता भइरहेको छ ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा २०६८ जनाले दर्ता गराएका छन् । त्यसैगरी उपप्रमुख पदमा १२३६ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा १४०० को मनोनयन दर्ता भएको छ ।
त्यसैगरी अहिलेसम्म वडाध्यक्ष पदका लागि १६ हजार १ सय ८० जनाको उम्मेदवारी परेको छ । त्यसैगरी महिला सदस्यका लागि १० हजार ५ सय ५५, सदस्यका लागि २२ हजार ५३ र दलित महिला सदस्यका लागि ९ हजार ३ सय २४ जनाको उम्मेदवारी परेको छ ।














