
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएसँगै कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या तीन पुगेको हो ।
सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।
मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव हुन् । कांग्रेसबाट आज विमलबहादुर कार्की र ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।














