Logo
Logo

सुनिता राईको कथासंग्रह ‘तिउरी’




काठमाडौं । साहित्यकार सुनिता राई कन्दङवाको कथा संग्रह ‘तिउरी’ को विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा जगमान गुरुङ लगायतले गत अघिल्लो शनिबार कथा संग्रहको विमोचन गरेका हुन् । इजरायल बस्दै आएकी सुनिताको कथा संग्रहमाथि कार्यक्रममा समिक्षा समेत भएको थियो ।


विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको चौथौ राष्ट्रिय अधिवेशनका अवसरमा उनको कथा संग्रह विमोचन भएको हो । सोही कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको कृति ‘साहित्य एक विधा अनेक’ र विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशको ‘लुम्बिनी दर्पण’को पनि विमोचन गरिएको थियो ।


विश्व नेपाली साहित्य महासंघ, नेपाल शाखाको अधिवेशनले कल्पना पौडेल जिज्ञासुको नेतृत्वमा नयाँ समिति सर्वसम्मन रुपमा चयन गरेको छ । उपाध्यक्षमा केशु पोख्रेल र सीता विष्ट कार्की, सचिवमा कृष्ण केसी, सहसचिवमा गंगा आचार्य सापकोटा, कोषाध्यक्षमा बसु श्रेष्ठलाई चयन गरेको छ ।


त्यस्तै, सदस्यहरुमा शुभद्रा घिमिरे, कल्पना चाम्लिङ, दिपा नेपाल, विमला अधिकारी, रजनी शर्मा, रीता खतिवडा, यमनाथ सुवेदी, गंगाराम ण्काल, लेक प्रसाद प्याकुरेल र मुना सिग्देललाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्