Logo
Logo

नगरपालिकाका कार्यकारी अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
संखुवासभा चैनपुर नगरपालिकाको कार्यकारी अधिकृत उत्तम रेग्मीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कार्यलय सहयोगीको नाममा विभिन्न योजनाहरूलाई भुक्तानी दिन भनी पेश्की निकाली सो रकम आफूले खाइमासी हिनामिना गरेपश्चात आफैंले बिल कागजातमा लेखी नक्कली बिल कागजात बनाई सोही बिल कागजात पेश्की फर्छ्यौट को लागि पेश गरेका थिए । उनले त्यसरी सात लाख ६ हजार नौ सय नौ रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ ।
उनलाई नक्कली बिल बनाई भ्रष्टाचारमा सघाउने हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी कम्पनीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एण्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेष्ट टेक्नोलिङ्कस प्रा.लि.का संचालक अन्जिता गौतमविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्