Logo
Logo

एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन


378
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्न पत्र बाहिरिएकोबारे छानबिन गर्न समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो ।

The current image has no alternative text. The file name is: TU-1.jpg

‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्न पत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन सङ्काय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । ८ साउनमा एमजीटी विषयको प्रश्न पत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्