Logo
Logo

कांग्रेसलाई बागी उम्मेदवार मनाउन हम्मे


1.8k
Shares

चितवन । नेपाली कांग्रेसलाई पार्टीका बागी उम्मेदवारलाई मनाउन हम्मे भएको छ । भरतपुर महानगरपालिकामा पूर्वजिल्ला सभापति समेत रहेका कृष्णलाल सापकोटाले बागी उम्मेदवारी दिएका छन् ।

पार्टीका बागी उम्मेदवार सापकोटालाई मनाउन कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण चितवन आएका छन् । गृहमन्त्री खाँणले सापकोटासँग भेटेर उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।

भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक रहेका छन् । गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता रहेको भन्दै गृहमन्त्री खाणले भरतपुरका कारण देशैभरी कांग्रेसलाई समस्या परेको भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका थिए ।

गृहमन्त्री खाणले सापकोटाको निवासमै पुगेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् । तर, जवाफमा सापकोटाले भरतपुरका कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको भन्दै उम्मेदवारी यथावत रहने बताएको जनाइएको छ ।

साथै, गृहमन्त्री खाणले बिहीबार नै भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई पनि भेट्दैछन् । उनलाई पनि स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न कांग्रेसले आग्रह गरेको छ । पार्टीको आग्रह नमानेपछि उनलाई मनाउन खाँण चितवन नै पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्