Logo
Logo

सिवाईसीको आईपिओ बाँडफाँड, साढे २१ लाख बढी आवेदकको हात खाली


630
Shares

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको बाँडफाँड भएको छ । बिहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडबाट ३६ हजार ९४८ जनाले कम्पनीको सेयर हात पारेका छन् भने २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले यही बैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेर ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर साधारण सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

जसमा कुल २२ लाख ५ हजार ६३३ जनाले आईपीओका लागि आवेदन दिएका थिए । ३ हजार २७२ जनाको आवेदन रद्द भएकोमा रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएकोमा ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्