Logo
Logo

विवेकशीलका ललितपुरको मेयर उम्मेदवार उज्ज्वलकृष्ण भन्छन्- जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु


567
Shares

काठमाडौं । विवेकशील साझा पार्टीबाट ललितपुर महानगरका लागि मेयर उम्मेदवार रहेको उज्ज्वलकृष्ण श्रेष्ठ जनताको घरदैलो पुगेको भोट मागिरहेका छन् ।

ललितपुरमा लोकप्रिय व्यवसायी तथा समाजसेवी समेत रहेका उज्ज्वकृष्णको ललितपुरबासीसँग आग्रह छ, ‘मलाई एकपटक जिताइदिनुस्, अहिले गरेका प्रतिवद्धता म काम गरेरै देखाउँछु ।’ भोट माग्ने क्रममा आफूले नयाँ अनुभव गरिरहेको समेत उनले सुनाए ।

‘कुनै बेला जनतालाई लाग्थ्यो, ‘देश र समाजको विकाशका लागि ठूला दल, ठूलै नेता चाहिन्छ ।’ तर, अहिले त्यस्तो अवस्था छैन । नेताभन्दा जनता कम छैनन् । त्यसैले अब ठूला दलभन्दा पनि उनीहरुलाई काम गर्ने नेताको चाहिएको छ’ उनले भने, ललितपुरबासीको घरदैलोमा केही दिन जाँदै यो अनुभव बटुलेँ ।’ उनीहरुले दललाई प्रश्न समेत गर्न थालेका छन्, ‘अहिलेसम्म देश र जनताका लागि के गर्यौं ?’

उज्ज्वलकृष्ण भन्छन्, ‘केही दिनको अनुभवमा मलाई लाग्यो, जनतालाई काम गर्ने व्यक्ति चाहिएको छ, नेता होइन । जनताको चाहना र आकांक्षाअनुसार विवेकशील साझा पार्टीको एजेण्डा मिलेको छ ।’ विवेकशीलले बोकेको मुख्य उजेण्डा पनि यही हो । ‘विवेकशील साझा पार्टीको मुख्य एजेण्डा नै भ्रष्टाचारमुक्त समाजको परिकल्पना हो’ उनले भने ।

पार्टीको एजेण्डाअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन र सुलभ सेवाप्रवाह, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वद्र्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण तथा नदी नालाको सफाई र व्यवस्थित पार्किङ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका चुनावी नारा बोकेर ललितपुरबासीसँग मेयरका लागि मत माग्न व्यस्त उज्जवलकृष्णले भने, ‘म र मेरो पार्टी एजेण्डा पूरा गर्न प्रतिवद्ध छ ।’

उम्मेदवारी दर्ता गरेसँगै चुनावी प्रचारमा जुटेका श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठूला ठूला सपना देखाउँदिन । तर, म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु ।’

प्रतिक्रिया दिनुहोस्