Logo
Logo

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी फिर्ता नलिनेहरू पार्टीबाट स्वतः निस्कासित हुने जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्‍वारा जारी विज्ञप्तिमा यदि बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने उल्लेख छ । बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छन् ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ ९१३० ९ग० बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्