Logo
Logo

गायिका मेलिना राईलाई पितृशोक


1.8k
Shares

काठमाडौँ । चर्चित गायिकाद्वय मेलिना राई र जुनु राईलाई पितृशोक परेको छ। उनीहरूका बुवा एवम् संगीतकार जिवेश चाम्लिङ राईको बुधबार राति उपचारका क्रममा निधन भएको छ।

२०२२ असोज १५ गते जन्मिएका राईको बुधबार राति काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। संगीतकार राई केही समयदेखि अस्वस्थ रहेको उनका आफन्तले जनाएका छन्।

गायिका मेलिना राईलाई बाल्यकालदेखि नै संगीतको प्रारम्भिक शिक्षा र प्रेरणा दिने मुख्य व्यक्ति उनका बुवा जिवेश राई नै थिए। उनको निधनप्रति नेपाली संगीत क्षेत्रका व्यक्तित्वहरू तथा प्रशंसकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्