Logo
Logo

पाँच दलबाहिरको तालमेल खारेज गर्ने गठबन्धनको निर्णय


3k
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले पाँच दलमा भएको सहमतिविपरीत दर्ता गरिएका स्वतन्त्र उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय गरेको हो ।

पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने, पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्