Logo
Logo

२ केजी सुनसहित ५ जना पक्राउ


5.7k
Shares

काठमाडौं । प्रहरीले काठमाडौंबाट दुई केजी भन्दा बढी सुनसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनबाट २ केजी ३३२ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

विहिबार दुबईबाट काठमाण्डौं आगमन भएको हिमालय एयरको बिमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत सरसफाई गर्ने भनेर ड्यूटी खटिएका थिए ।

प्रहरीका अनुसार पाँचथर याङवरक गाउँपालिका-४ का २८ बर्षीय भिम कुमार माबोले बिमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याएका थिए । फोहोर जम्मा गर्ने स्थानमा उनीसँगै काम गर्ने उनका सहकर्मी नुवाकोट तादी-५ का २७ बर्षीय सुमन तामाङलाई बोलाएका थिए ।

फोहोरसँगै सुनको बिस्कुटहरु बाँडी आ-आफ्नो मनि पर्सभित्र लुकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा उनले सहककर्मीसँगै सरसामानहरु स्क्रीनिङ गर्ने क्रममा भिम कुमार माबोले बोकेर ल्याएको पर्सभित्र टेपले बेरिएको सुनको बिस्कुट १० थान, अन्दाजी ११६६ ग्राम र सुमन तामाङले बोकी आएको मनिपर्स भित्र टेपले बेरिएको सुनको बिस्कुट १० थान, ११ सय ६६ ग्राम लुकाई अवैध रुपमा लैजान लाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

यस घट्नामा उदयपुर लिम्चुङबुङ-२ भएका २८ बर्षीय राजेश राई, दोलखा गौरीशंकर-२ का ट्याक्सी चालक ४१ बर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत विमानभित्र सरसफाई गर्ने/गराउनेसुपरभाईजरको रुपमा ड्यूटी खटिएका जि.सप्तरी सुरुङ्गा-४ का ३६ बर्षीय ताराकान्त चौधरीसमेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी प्रहरीले बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्