Logo
Logo

कम्युनिष्ट आन्दोलन जोगाउन नयाँ पार्टी खोलेका हौँ : अध्यक्ष नेपाल


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सम्पूर्ण हिसाबले कुहिएको र दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नुपरेकको बताएका छन् ।

फाइल फोटो

एकीकृत समाजवादी र माओवादीबाट बहिर्गमित पूर्वलडाकाहरूसँग पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न, आन्दोलनलाई जोगाउन नेकपा एकीकृत समाजवादी खोलेका हौँ ।’

उनले कम्यनिष्ट आदर्शलाई साकार पार्न क्रान्तिकारी स्पिरिटलाई जोगाएर अघि बढ्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यका साथ नयाँ पार्टी गठन गरेको समेत दावी गरे । उनले भने, ‘पार्टीले निर्माणको आठ महिनामै यति धेरै सफलता हासिल गरेका छौँ । हामी लक्ष्यमा अवश्य पुग्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस्