Logo
Logo

साझा उम्मेदवार जिताउन किसान संगठनको अपिल


315
Shares

काठमाडौं । सत्ता गठबन्धनसँग आबद्ध किसान सङ्गठनले स्थानीय तह सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा ९मसाल०सँग आबद्ध किसान सङ्गठनले पाँच दलीय गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन र गठबन्धनमा आबद्ध राजनीतिक दलका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका हुन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच सङ्गठनले कृषि क्रान्ति, वैज्ञानिक भूमिसुधार, खाद्य सम्प्रभूता, जलवायु न्याय, नेपाली किसानको हकहित र अधिकार तथा कृषि क्षेत्र व्यवसायीकरण, औद्योगिकीकरण, सहकारीकरण र दिगो विकासका पक्षमा उभिन सम्पूर्ण राजनीतिक दललाई आग्रहसमेत गरेका छन् ।

गठबन्धनका उम्मेदवारलाई किसानमुखी नीति तथा कार्यक्रम अघि सार्दै निर्वाचनमा प्रस्तुत हुन आग्रह गर्दै उनीहरुले निर्वाचनमा विजयी भएपश्चात् ती कार्यक्रमलाई इमानदारितापूर्वक लागू गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्