Logo
Logo

दुष्प्रचारयुक्त अभिव्यक्तिलाई स्थान नदिन प्रेस काउन्सिलको अपील


504
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई अपिल गरेको छ ।

स्थानीय तह निर्वाचनको संघारमा विभिन्न उम्मेदवार लक्षित त्यस्ता सामाग्री सम्प्रेषण भएका गुनासा, उजुरीहरु आइरहेको भन्दै शुक्रबार काउन्सिलले यस्तो अपिल जारी गरेको हो ।

‘दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न÷नगराउनुहुन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ’ अपीलमा भनिएको छ ।

राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोप–प्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू बढिरहेको र त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरी कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्