Logo
Logo

एकीकृत समाजवादीका ३५ उम्मेदवार निर्विरोध


5.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का ३५ जना जनप्रनिनिधिहरु निर्विरोध भएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा आयोति वहिर्गमित जनमुक्ति सेना नेपाल संगको एकता कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको जानकारी दिएका हुन् ।

उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

उनले राष्टिय सभा निर्वाचनबाटै विजयको सुरुवात भएको प्रसंग जोड्दै आगामी निर्वाचनले प्रतिगमनको धुलाई हुने बताए ।
अध्यक्ष नेपालले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने भन्दै गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्नेमा जोड दिए ।

उनले एकीकृत समाजवादी पार्टी पुष्पलाल कालिन कम्युनिष्ट पार्टीको निरन्तरता भएको भन्दै जनतामा परिक्षण भइसकेको पार्टी भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्