Logo
Logo

विप्लवलाई कञ्चन र सुदर्शनको प्रश्न- मोर्चा कसेर जान्छौँ भन्दै कोकोहोलो मच्चाउने हामी कि प्रकाण्ड ?


945
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले गरेको कारबाही पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले खारेज गरेका छन् ।

महासचिव चन्दले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहनेगरी पदमुक्त गरेपछि उनीहरु दुवै जनाले विज्ञप्ती जारी गर्दै महासचिवको कारबाही आफूहरुले खारेज गरेको जनाएका हुन् ।

कविलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको आठौँ केन्द्रीय समितिको १२ औं बैठकले उल्टै पार्टी महासचिव विप्लवको संसदीय व्यवस्थाअन्तर्गत चुनाव प्रयोग गर्ने कार्यनीति अस्वीकृत भएपछि महासचिव पदमा रहेर नैतिकतासमेत गुमाइसकेको दावी गरेका छन् । नैतिकता गुमाएको व्यक्तिले गरेको कारबाही अवैधानिक भएको उनीहरुको भनाइ छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध आफुहरुमाथी कारबाही गरेर वयम महासचिव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पदमा बसिरहनु हास्यस्पद भएको उनीहरुले बताएका छन् ।

उनीहरुले पार्टी प्रवक्तालाई विज्ञप्तीमार्फत प्रश्न गर्दै भनेका छन्, ‘बैठकमा नजाँदै कालीकोटमा ‘म एक्लै र अरू सबै अर्कोतिर लागे पनि म नै चुनाव जित्छ’, बैठक सुरु भएपछि’ चुनावमा भाग लिने प्रस्ताव आएको छ, यही पारित हुन्छ र बैठकबाट फर्किएपछि निर्वाचन आयोगमा उभिएर चुनावमा भाग लिने मात्र होइन, मोर्चा कसेर जान्छौँ भन्दै कोकोहोलो मच्चाउने हामी हौँ कि तपाईंको आधिकारिक अभिव्यक्तिका रूपमा चुनिएका प्रवक्ता प्रकाण्ड ?

उनीहरुले महासचिव विप्लवलाई समते प्रश्न गरेका छन् । ‘महासचिव कमरेड, चैत १४ मा सम्पन्न १२औं बैठकको मसी नसुक्दै चैत १८ गते चितवनको केन्द्रीय प्रशिक्षणमा तपाईंले ‘मैले चुनाव प्रयोगको प्रस्ताव किन ल्याएँ ?’ भन्ने प्रश्नको जबाफ दिँदै स्थानीय चुनावका सबै स्थानहरूमा उम्मेदवार दिन चाहेको, रञ्जु दर्शना मोडेलका उम्मेदवार चोकचोकबाट निकाल्न खोजेको तर इलाकास्तरीय योग्यता पनि नभएको केन्द्रीय समितिले चुनाव प्रयोगमा जान नदिएको गुनासो पोख्नुभएको होइन र ? बरु बारम्बार चित्त नबुझेको भए गए पनि हुन्छ भनी भनेको होइन र ? अनि तपाइँं कसरी संयम र उदार हुनुभयो ?’ उनीहरुको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्