Logo
Logo

कांग्रेसको मेयर नभएको ठाउँमा सरकारले पैसा पठाउँदैन : आरजु राणा


84.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले आपत्तिजनक अभिव्यक्ति दिएकी छन् । बुधबार गृहजिल्ला डडेल्धुरा पुगेकी आरजुले कांग्रेसको मेयर नभएको ठाउँमा सरकारले पैसा नपठाउने बताइन् ।

आफ्ना पति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराका लागि केही समयअघि मात्रै ३१ करोड रुपैयाँ बजेट छुट्याएको भन्दै उनले भनिन्, ‘भोलि यता बजेट आवश्यकता पर्दा कसले दिन्छ बजेट ? जुन ठाउँमा कांग्रेसको मेयर नै हुन्न त्यो ठाउँमा हामी किन पैसा पठाउँछौँ, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’

डडेल्धुरामा कांग्रेस विभाजित अवस्थामा छ । पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले सभापति देउवा र आरजु राणाप्रति रोष प्रकट गर्दै एमालेसँग तालमेल गरेका छन् । उनले करुवा चुनाव चिन्ह पाएका छन् । त्यसैले उनले मल्ललाई संकेत गर्दै यस्तो बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्