Logo
Logo

एनएमबि बैंकका ग्राहकले अनलाइनमार्फत केयुकेएलको बिल तिर्न सक्ने



काठमाडौं । एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग आफ्ना ग्राहकले धाराको बिल अनलाइनमार्फत भुक्तानी गर्न सक्ने सम्झौता गरेको छ ।

बैंकका ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महसुल विनाकुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको हो ।

हाल बैंकले देशभर दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्