Logo
Logo

आइएमई पेबाट भुक्तानी गर्दा गोल्डस्टार जुत्ता खरिदमा छुट



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आइएमई पे’ र गोल्डस्टारबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । गोल्डस्टार जुत्ताहरूको खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिंह बस्नेत र गोल्डस्टारका इ–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । २३ वैशाखदेखि सीमित समयसम्म लागू हुने योजनामा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक सोरुमहरूमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा मात्र छुट पाउने जनाइएको छ ।

सम्झौतापछि आइएमई पेका सहायक महाप्रबन्धक बस्नेतले आइएमई पे र गोल्डस्टारबीचको सम्झौताले पुराना प्रयोगकर्ताका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन मिल्ने बताए । साथै, गोल्डस्टारका इ–वाणिज्य प्रमुख मिश्राले आइएमई पेसँगको सहकार्य आउँदा दिनहरूमा अझै बढाउँदै लाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्