Logo
Logo

‘गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुन्छ’


126
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनल सो कुरा बताएका हुन् ।

उनले गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुने बताए । उनले भने, ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन अलिकति अप्ठ्यारो पनि हो । तर सामना गरेर अगाडि बढ्नु बाध्यता छ । गठबन्धन सफल गरायो भने नेपालको भाग्य सफल हुन्छ, प्रजातन्त्र सफल हुन्छ ,राष्ट्र प्रगतिमा अगाडि बढ्छ ।’

गठबन्धनलाई मजबुत बनाउनु जरुरी रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन आग्रह गरे । सत्ता गठबन्धनले ६ महानगरमा भागबन्डा गरेको भन्दै एकले अर्कोलाई सहयोगको आदन प्रदाान जरुरी रहेको उनले बताए ।

पौडेलले राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको बताए । उनले भने, ‘गठबन्धनलाई बलियो बनाएरै लैजाउ मुलुकलाई बनाउन भन्ने हो । देशमा राजनीतिक स्थिरता देखाउन हामी आफैंले देखाउन सकेका छैनौं, यो संविधान जोगाउनका लागि गरिएको गठबन्धन हो । यो विषयलाई कार्यकर्ताले पनि ध्यान दिनुहोला ।’

संविधान भत्काउने काम गरिएपछि गठबन्धन बनाइएको भन्दै पाँच दलको गठबन्धनलाई मजबुत बनाएर मुलुकको विकासमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको पौडेलको भनाइ छ ।

उनले भने, ‘काठमाडौं महानगरका उम्मेदवारहरुलाई भन्न चाहन्छु। सुशासन दिने काम गर्नुहोला । भ्रष्टाचार अन्त्य गर्नुस्,फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर तपाईंहरुले काम गर्नुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्