Logo
Logo

एमालेका कारण ‘नागरिकता विधेयक’ अघि बढ्न सकेन : प्रचण्ड


2.7k
Shares

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको अपरोधका कारण संसदमा नागरिकता विधेयक अघि बढ्न नसकेको बताएका छन् ।

शनिबार पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको निर्वाचन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको भए पनि एमालेको अवरोधका कारण अघि बढ्न नसकेको बताएका हु्न् ।

प्रचण्डले भने– ‘नागरिकताको समस्या मधेसमा सबैभन्दा चर्को रुपमा अगाडि छ । यसका लागि सदन चल्न अनिवार्य छ । एमाले गुटले अवरोध गरेकै कारण विधेयक अगाडि बढ्न सकेको छैन । अब सदन खुल्नासाथ नागरिकता विधेयक अगाडि बढ्छ ।’

मधेसी जनताको अधिकारका लागि गठबन्धन प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष प्रचण्डले वर्तमान सदनबाट सम्भव नभए पनि अर्को संसदबाट जसरी पनि विधेयक पारित गर्ने समेत बताएका छन् ।

प्रचण्डले भने– ‘मैले प्रधानमन्त्रीजीसँग कुरा गरिसकेको छु । सदन अवरोध भइरहे पनि अर्को संसदमा जसरी पनि विधेयक अगाडि बढाउनुपर्छ । मधेसी जनताको अधिकारका पक्षमा गठबन्धन प्रतिबद्ध छ ।’

गठबन्धन दलहरू लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रको स्थायित्वको लागि वर्षौंवर्षसम्म गठबन्धन लैजाने दिशामा अघि बढेको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्